दुर्गा राना मगर पोखराको व्यवसायिक र सामाजिक क्षेत्रमा परिचित नाम हो–मिलन थापा । आफ्ना पिता बलराम केसीबाट सामाजिक सेवाको महत्व बुझेकी मिलनले जीवनमा पाएको सफलताको यात्रामा उनी स्वयम्को साहस, निरन्तरको प्रयास र संघर्षका अनेकौं कथा जोडिएका छन् । राजनीतिक र व्यवसायिक पारिवारिक पृष्ठभुमिकी मिलनलाई समुदायका लागि केही गर्ने र आफ्नै पहिचान बनाउने हुटहुटी पहिल्यैदेखि थियो…