समाज, सञ्चार र साहसको ‘मिलन’ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

समाज, सञ्चार र साहसको ‘मिलन’



दुर्गा राना मगर

पोखराको व्यवसायिक र सामाजिक क्षेत्रमा परिचित नाम हो–मिलन थापा । आफ्ना पिता बलराम केसीबाट सामाजिक सेवाको महत्व बुझेकी मिलनले जीवनमा पाएको सफलताको यात्रामा उनी स्वयम्को साहस, निरन्तरको प्रयास र संघर्षका अनेकौं कथा जोडिएका छन् । राजनीतिक र व्यवसायिक पारिवारिक पृष्ठभुमिकी मिलनलाई समुदायका लागि केही गर्ने र आफ्नै पहिचान बनाउने हुटहुटी पहिल्यैदेखि थियो । त्यही हुटहुटीले नै उनलाई सफल नेतृ र समाजसेवीका रुपमा स्थापित गराएको छ ।

सामाजिक क्षेत्रमा योगदान

हाल लायन्स क्लब इन्टरनेशनलको (एमडी ३२५ नेपाल) मल्टिपल काउन्सिलको अध्यक्ष रहेकी मिलन विभिन्न आठ व्यवसायिक संस्थाको नेतृत्वमा छिन् । वि.सं. २०६९ तिरबाट मिलन औपचारिक रुपमा नै समाजसेवामा सक्रिय हुन थालेकी हुन् । लायन्ससँगको आबद्धताले सामाजिक कार्यमा प्रेरित ग¥यो । आफ्नो निजी कम्पनी हिमालय अर्गनाइजेसनको आम्दानीको केही हिस्सा सामाजिक कार्यका लागि खर्च गर्न थालिन् । पुरुषले मात्र नेतृत्व गर्दै आएको लायन्स क्लब इन्टरनेशनलको (एमडी ३२५ नेपाल) मल्टिपल काउन्सिलमा सन् २०२५÷२६ का लागि पहिलो पटक उनी निर्विरोध निर्वाचित भइन् । मिलन भन्छिन्– “यो सहजै मिलेको पद होइन, मेरो कामको मूल्यांकनबाट प्राप्त भएको हो ।” उनले लायन्सको अभियानमार्फत महिला सशक्तिकरण कार्यक्रमदेखि गरिव र विपन्न समुदायका लागि सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । समुदायमा पु¥याएको योगदानका कारण मिलनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान समेत पाएकी छन् ।

सामाजिक कार्यमा उनको संलग्नता विभिन्न क्षेत्रमा छ । पोखरास्थित रेडियो जननीको अध्यक्षका रुपमा काम गर्दै आमा समूहहरुको सशक्तीकरणमा योगदान गरिन् । कोभिड महामारीको समयमा उनले आबद्ध संस्थाको तर्फबाट राहत वितरणमा सक्रिय रहिन् । उनी भन्छिन्–“कोभिडमा म दैनिकजसो सहयोगका लागि बाहिर निस्किएँ । रेडियो जननीसँगै सञ्जिवनी दिदी बहिनी केन्द्रबाट हामीले विपन्न परिवारका लागि खाद्यान्न वितरण गरेका थियौं ।”

पारिवारिक दायराबाट सार्वजनिक जीवन
पारिवारिक वातावरणले नै मिलनलाई सानैदेखि समाजप्रति सेवाभाव जगाएको हो । गण्डकी वुड कार्पेन्टर्स नामक कम्पनीबाट काठको व्यवसाय सञ्चालन गरिरहेका उनका बुवा विभिन्न सामाजिक संस्थामा सक्रिय थिए । सामाजिक काममा वुवाले देखाएको सक्रियताले उनको मानसपटलमा गहिरो छाप बसेको थियो । व्यवसायिक, सामाजिक र राजनीतिक पृष्ठभूमिका धुव्र थापासँग विवाह भएपछि एक वर्षमै मिलन व्यवसायमा लागिन् । तीन छोराकी आमा मिलनले पारिवारिक जिम्मेवारीसँगै व्यवसायलाई निरन्तरता दिइन् । सँगसँगै आफ्नो अलग पहिचान बनाउने लक्ष्य लिएर उनले सामाजिक क्षेत्रमा काम गर्न थालेकी हुन् ।

‘शून्यबाट फेरि उठ्छु’
उनी आवद्ध व्यवसायमा गत २०८२ भाद्रमा ठूलो धक्का लाग्यो । भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा पोखरामा नयाँबजारस्थित हिमालय अटोवल्र्ड भवन पुरै जलाइयो । सो क्रममा एक महिला कर्मचारीको पनि जलेर निधन भयो । त्यो घटना मिलनको परिवारका लागि अत्यन्तै पीडादायी थियो । परिवारको वर्षौको लगानी, समय, मिहिनेत सबै एकैदिनमा जल्न पुगेको थियो । मिलन भन्छिन्–“हाम्रो ३० वर्षदेखिको संघर्ष सबै खरानी भयो । म दुई महिना बाहिर निस्किन सकिन् । ज्यादै ठूलो मानसिक र आर्थिक तनाव भयो ।” वर्षौंको मिहिनेतबाट बनेको व्यवसाय एकै क्षणमा नष्ट हुँदा केही समय त उनी विक्षिप्त भइन् तर मिलनले यसलाई नयाँ शुरुवातको रुपमा लिने प्रतिज्ञा गरेकी छिन् । उनी भन्छिन्–“म शून्यबाट पनि फेरि उठ्छु ।”

नेतृत्व र भविष्यको सोच

“नेतृत्वमा आउन महिलालाई त्यत्ति सहज छैन । महिलाले पुरुषसँग बराबरीमा प्रतिस्पर्धा गर्नुपर्न अवस्था हुन्छ, अनि कतिपयले महिलाको क्षमतामै प्रश्न उठाउँछन् ।” ४५ वर्षीया मिलनले थपिन् । महिलाले आफ्नो क्षमता काममार्फत प्रमाणित गरेर देखाउनुपर्ने उनको अनुभव छ ।

मिलनका अनुसार, नेतृत्वमा पुग्न आर्थिक रुपमा सक्षम हुनुपनि महत्वपूर्ण हुन्छ । अहिले धेरै महिला कुनै न कुनै व्यवसाय वा रोजगारीमा संलग्न भएको देख्दा उनलाई खुशी लाग्छ । समय व्यवस्थापन र आर्थिक आत्मनिर्भरता महिलालाई नेतृत्वका लागि तयार बनाउने प्रमुख आधार हुने मिलनको अनुभव छ । उनले भनिन्–“हामी महिलाले आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ । समय, मिहिनेत र आत्मविश्वासले नै नेतृत्वको पनि बाटो खोल्छ ।”

 

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ८ : ४० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री