अस्तित्वको राप « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

अस्तित्वको राप



रुमु न्यौपाने

यो आकाश धुम्म छ
ठ्याक्कै मेरो मन जस्तै
म आफ्नो धुम्मिएको मनलाई छ्याङ्ग पार्ने
प्रयत्नमा छु
तर समाजले त्यसो हुन दिदैन
म लडिरहेकी छु यही समाजसंग
मौन भएर हैन आवाज बनेर
एकसाथ जुधिरहेकी छु
जकडिएका सोच र बद्लिएको मौसमसंग

जब जब तात्छ यो धर्ती
म रूख रोप्छु
अनि जबजब थाक्छ मन
म साहस रोप्छु

नारीलाई कमजोरको उपनाम दिनेहरूलाई
म चुनौती दिदैं
अघि बढिरहेकी छु

दिनभरी कार्यकलमा ल्यापटपमा
दौडिने मेरा औंलाहरू
घर पुगेपछि फेरि
जलवायुको मारमा दूरदराजबाट गाग्रीमा
पानी भर्न जानका लागि
पाईलाहरू लम्किन्छन्

तर मलाई सहज कहाँ छ र ?
त्यही पानी भर्न जाँदा
मानिसहरू पर पर सर्छन्
मानौ म उनीहरुको लागि अभिसाप हो

 

म ठिङ्ग उभिएको एउटा विशाल
पहाड हुँ
मेरो छातीमा विकासको बाहनामा
डोजर चलेको छ
मेरो आधा आकास धुँवाको मुस्लोले ढाकिएको छ

म मौन हुनुको कारण सोध्छन् मानिस
तर, देख्दैनन् हिमनदीको मुटुभित्र
गुम्सिएको त्यो विस्फोट
अनि मेरै मौनताभित्र हुर्किदैं गरेको
त्यो विद्रोह
म सोचमग्न हुन्छु,
के यो पग्लिएको हिमालले मेरो थर सोध्ला ?

के यो तातिएको वायुमण्डलले मेरो वर्ण हेर्ला?
पक्कै सोध्दैन, किनकि प्रकृतिले जात जान्दैन,
न त यो संकटले कुनै भूगोल चिन्छ,
तर मेरो अस्तित्वको लडाइँले अब नयाँ उचाइ चुम्छ

मेरा पैतालाहरूले विभेदको पर्खाल नाघ्न कहिल्यै छोड्ने छैन
म त्यही पहाड हुँ, जो डोजरले थिचिएर पनि अडिग छ,
म त्यही आकाश हुँ, जो धुवाँले पुरिएर पनि जीवित छ

 

म त त्यो आदिम शक्ति हुँ, जो शून्यबाट सुरु हुन्छ र अनन्तसम्म पुग्छ
म हिमाल बनेर ठिङ्ग उभिइरहनेछु आगतका सबै प्रहारहरू सहन
म बतास बनेर वहिरहनेछु

जडताका सबै पत्रहरू उडाउन धुम्मिएको आकाश मुनि
अब म निसासिने छैन, बरु आफ्नै पखेटाको वेगले
नयाँ मौसम सिर्जना गर्नेछ
म त्यही माटो हुँ जसले सबैलाई ठाउँ दिन्छ
म त्यही चट्टान हुँ जसले आफ्नै पहिचानको रक्षा गर्छ
न म पग्लिनेछु, न म रोकिनेछु,
म त ब्रह्माण्डको त्यो हिस्सा हुँ,
जो अब आफैंले आफ्नै इतिहास लेख्नेछु

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : २८ बजे

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री

माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, कानुन सुधारमा जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा

यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी क्षेत्रीय अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचको अवस्थाबारे गरिएको