माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग « Mahila Khabar
१२ श्रावण २०८३, मंगलबार

माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग



काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन्।

धर्नामा सहभागी पीडितहरूले आफूहरूको सहभागिताविनाको संक्रमणकालीन न्याय प्रक्रिया प्रभावकारी नहुने र न्यायको उद्देश्य पूरा हुन नसक्ने धारणा राखेका छन्।

उनीहरूले द्वन्द्वपीडित समुदायसँग पर्याप्त संवाद गर्न, न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथा विश्वसनीय र पारदर्शी प्रक्रियामार्फत सत्य निरुपण तथा बेपत्ता छानबिनसम्बन्धी आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

धर्ना कार्यक्रममा बोल्ने द्वन्द्वपीडित तथा अधिकारकर्मीहरूले पीडितको आवाजलाई प्राथमिकतामा राखेर मात्र संक्रमणकालीन न्याय प्रक्रियाले विश्वास हासिल गर्न सक्ने बताएका थिए।

कार्यक्रममा मैना कार्की, सुरेन्द्र खत्री, एकराज भण्डारी, चरण प्रसाईं र बद्री भुसाललगायतले आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ९ : ०५ बजे

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री

माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, कानुन सुधारमा जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा

यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी क्षेत्रीय अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचको अवस्थाबारे गरिएको