जनकपुर । मधेश प्रदेश सांसद खातुनको निधन मधेश प्रदेशसभाकी सांसद जैनब खातुनको निधन भएको छ । एमालेबाट समानुपातिक सांसद बनेकी रौतहटकी खातुनको बिहीबार बिहान निधन भएको मधेश प्रदेशका सभामुख रामआशिष यादवले जानकारी दिए । यादवका अनुसार खातुन लामो समयदेखि बिरामी थिइन् । उनको उपचारको क्रममा निधन भएको हो । सभामुख यादवले प्रदेशसभाको बैठक हाल नचलिरहेकाले…