एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर



नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् ।

उनले मिरालाई के को क्यान्सर भएको हो खुलाएका भने छैनन् । नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै उपचारमा खटिनुपरेकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको बताएका छन् ।

उनले भनेका छन् : ‘भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा  श्रीमती मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष  जोडिनु परेका कारण यसबिच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष  जोडिन नसकेको सबैमा जानकारी गराउन चाहन्छु । उपचारको क्रम अझै जारी रहने भएका कारण मेरो उपस्थिति र गतिविधि अझै प्रभावित रहने कुरा पनि जानकारी गराउँ

उनले श्रीमतीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउने साथीहरू तथा आफन्तजनप्रति आभार व्यक्त गरेका छन् ।  मिरा संविधानसभा सदस्य पनि हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ११ : ४३ बजे

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री

माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, कानुन सुधारमा जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा

यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी क्षेत्रीय अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचको अवस्थाबारे गरिएको