एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर « Mahila Khabar
११ कार्तिक २०८३, मंगलबार

एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर



नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् ।

उनले मिरालाई के को क्यान्सर भएको हो खुलाएका भने छैनन् । नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै उपचारमा खटिनुपरेकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको बताएका छन् ।

उनले भनेका छन् : ‘भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा  श्रीमती मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष  जोडिनु परेका कारण यसबिच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष  जोडिन नसकेको सबैमा जानकारी गराउन चाहन्छु । उपचारको क्रम अझै जारी रहने भएका कारण मेरो उपस्थिति र गतिविधि अझै प्रभावित रहने कुरा पनि जानकारी गराउँ

उनले श्रीमतीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउने साथीहरू तथा आफन्तजनप्रति आभार व्यक्त गरेका छन् ।  मिरा संविधानसभा सदस्य पनि हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ११ : ४३ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको