जनकपुर । मधेश प्रदेश सांसद खातुनको निधन
मधेश प्रदेशसभाकी सांसद जैनब खातुनको निधन भएको छ ।
एमालेबाट समानुपातिक सांसद बनेकी रौतहटकी खातुनको बिहीबार बिहान निधन भएको मधेश प्रदेशका सभामुख रामआशिष यादवले जानकारी दिए । यादवका अनुसार खातुन लामो समयदेखि बिरामी थिइन् । उनको उपचारको क्रममा निधन भएको हो ।
सभामुख यादवले प्रदेशसभाको बैठक हाल नचलिरहेकाले प्रदेश सांसद खातुनको निधनप्रति दुख व्यक्त गर्दै शोक सन्देश जारी गरिने बताए ।






प्रतिक्रिया