नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न « Mahila Khabar
११ कार्तिक २०८३, मंगलबार

नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न



काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले मधेसी मूलकी नायिका काजल कर्णमाथि चलचित्र छायांकनका क्रममा भएको जातीय विभेद र अपमानजनक व्यवहारको विषय संसद्‌मा उठाएकी छन्। प्रतिनिधि सभा मंगलबारको बैठकमा सांसद कर्णले उक्त घटनाको घोर निन्दा गर्दै दोषीमाथि छानबिन र कारबाहीको माग गरिन् ।

सांसद कर्णका अनुसार ३५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली म्युजिक भिडियो तथा चलचित्रहरूमा अभिनय गरिसकेकी स्थापित नायिका काजल कर्णमाथि नेपाली चलचित्र ‘चिरञ्जीवी भव’ को छायांकनका क्रममा रंग र क्षेत्रका आधारमा दुर्व्यवहार भएको हो। सुटिङका क्रममा उनलाई ‘तिमी मधेसी हौ, तिमीलाई यो रोल सुहाउँदैन’ भन्दै अपमान गरिएको कर्णले बताइन् ।

सांसद कर्णले नायिका काजलमाथि सुटिङ सेटमा चरम मानसिक र सामाजिक उत्पीडन गरिएको बताइन्। ‘मेकअप गर्ने टोलीले नायिकाको अनुहारमा जबरजस्ती कालो दलिदिएर’ तिमी त आश्रममा काम गर्ने, गाई गोठालो हेर्ने मान्छे हौ, तिम्रो मेकअप यस्तै हुन्छ’ भन्दै खिल्ली उडाउने र अपमान गर्ने कार्य गरेछन्,’ सांसद कर्णले भनिन्।

अपमानजनक व्यवहार मात्र नभई उनलाई काम गरेबापत पाउनुपर्ने पारिश्रमिक समेत नदिई सुटिङ सेटबाट निकालिएको दाबी कर्णले गरिन् ।

सांसद कर्णले आफूसँगको टेलिफोन संवादमा नायिका काजल धरधरी रोएको स्मरण गर्दै मधेसी र पिछडिएका समुदायले कहिलेसम्म यस्तो विभेद र पीडा भोग्नुपर्ने हो भनी प्रश्न गरिन्। -Ratopati

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ०२ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको