नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न



काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले मधेसी मूलकी नायिका काजल कर्णमाथि चलचित्र छायांकनका क्रममा भएको जातीय विभेद र अपमानजनक व्यवहारको विषय संसद्‌मा उठाएकी छन्। प्रतिनिधि सभा मंगलबारको बैठकमा सांसद कर्णले उक्त घटनाको घोर निन्दा गर्दै दोषीमाथि छानबिन र कारबाहीको माग गरिन् ।

सांसद कर्णका अनुसार ३५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली म्युजिक भिडियो तथा चलचित्रहरूमा अभिनय गरिसकेकी स्थापित नायिका काजल कर्णमाथि नेपाली चलचित्र ‘चिरञ्जीवी भव’ को छायांकनका क्रममा रंग र क्षेत्रका आधारमा दुर्व्यवहार भएको हो। सुटिङका क्रममा उनलाई ‘तिमी मधेसी हौ, तिमीलाई यो रोल सुहाउँदैन’ भन्दै अपमान गरिएको कर्णले बताइन् ।

सांसद कर्णले नायिका काजलमाथि सुटिङ सेटमा चरम मानसिक र सामाजिक उत्पीडन गरिएको बताइन्। ‘मेकअप गर्ने टोलीले नायिकाको अनुहारमा जबरजस्ती कालो दलिदिएर’ तिमी त आश्रममा काम गर्ने, गाई गोठालो हेर्ने मान्छे हौ, तिम्रो मेकअप यस्तै हुन्छ’ भन्दै खिल्ली उडाउने र अपमान गर्ने कार्य गरेछन्,’ सांसद कर्णले भनिन्।

अपमानजनक व्यवहार मात्र नभई उनलाई काम गरेबापत पाउनुपर्ने पारिश्रमिक समेत नदिई सुटिङ सेटबाट निकालिएको दाबी कर्णले गरिन् ।

सांसद कर्णले आफूसँगको टेलिफोन संवादमा नायिका काजल धरधरी रोएको स्मरण गर्दै मधेसी र पिछडिएका समुदायले कहिलेसम्म यस्तो विभेद र पीडा भोग्नुपर्ने हो भनी प्रश्न गरिन्। -Ratopati

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ०२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री