चीनमा आँधीबेहरीले ११ जनाको मृत्यु, एक बेपत्ता « Mahila Khabar
११ कार्तिक २०८३, मंगलबार

चीनमा आँधीबेहरीले ११ जनाको मृत्यु, एक बेपत्ता



मध्य चीनको हुबेई प्रान्तको पूर्वी भागमा आँधीबेहरीका कारण ११ जनाको मृत्यु हुनुका साथै अन्य एक जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार सोमबार राती आएको आँधी-बेहरी र तिव्र हावाले ह्वांगसी, ह्वांगगांग, एझोउ, र जियानिङलाई प्रभावित गराएको छ । आँधीका कारण चार हजार ८५५ वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ । जसमध्ये  २२ वटा भवनहरू पुर्ण रुपमा क्षतिग्रस्त छन् ।

प्रकोपका कारण ३३१ जना स्थानीय बासिन्दा घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारले पूर्ण उद्धार तथा राहत कार्यहरू सुरु गरिसकको र थप प्रकोप रोक्ने प्रयास गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १ : ३९ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको