ढुक्कु हुनुस्, सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल « Mahila Khabar
२६ भाद्र २०८३, शुक्रबार

ढुक्कु हुनुस्, सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल



भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छिन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गरेकी हुन् ।

‘तपाईंहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ’, मन्त्री रावलले भनिन्, ‘यसमा जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरुलाई लालपुर्जा दिन्छ ।’

उनले देशैभर भएको समस्या समाधानका लागि कानुनमा धेरै सुधार गर्नुपर्ने रहेको बताइन् ।

अहिलेको कानुनले सुकुमवासीको समस्या समाधानमा समस्या देखिएकाले कानुन संशोधन गरेर मुलुकभरका सुकुमवासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाइ थियो ।

‘देशैभरका सुकुमवासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ, अहिलेको कानुनमा केही बाधा अडचन छन्,’ उनले भनिन्, ‘सुकुमवासीको समस्या समाधान गर्न सरकार तत्पर छ कानुनमा देखिएका समस्या सुधार गर्छौं ।’

सरकारले भूमिहीन सुकुमवासीको समस्या प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री रावलले बताइन् ।

‘तपाईंहरू बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन’, उनले भनिन्, ‘तपाईंहरू ढुक्क हुनुस्, सरकारले तपाईंहरूलाई लालपुर्जा दिन्छ ।’ उनले सुकुमवासीलाई अफवाहमा नलाग्नसमेत आग्रह गरिन् ।

मन्त्री रावलले आज बिहानैदेखि कञ्चनपुरका विभिन्न पालिकामा पुगेर भूमिहीन सुकुमवासीसँग अन्तरक्रिया गरेकी थिइन् ।

दोधारा–चाँदनी नगरपालिका, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका भूमिहीन सुकुमवासीलाई भेट्दै सरकारले छिट्टै लालपुर्जा दिने उनले बताइन् ।

त्यसैगरी, मन्त्री रावलले आजै महेन्द्रनगरस्थित निर्माणाधीन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा–चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरिन् । -Onlinekhabar

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : २२ बजे

भोटेकोशी बाढीको प्रतिकार्यमा ढिलाइबारे निष्पक्ष समीक्षा गर्न सरकारलाई निगरानी समितिको सुझाव

काठमाडौं । जवाफदेहिता निगरानी समितिले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा

संक्रमणकालीन न्यायमा पीडितको अधिकार सुनिश्चित गर्न सरकारसँग द्वन्द्वपीडित समाजको माग

काठमाडौं । न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल (CVSJ-Nepal) ले संक्रमणकालीन

किशोरीमा यौन शिक्षाको अभाव, अपराधजन्य घटनामा संलग्नता बढ्दै

काठमाडौं । नेपालमा किशाोर–किशोरीबीच यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त परामर्श

भाइरल भिडिओले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?

काठमाडौं । बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपी बताइएका नाबालकको

ढुक्कु हुनुस्, सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले