भाइरल भिडिओले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ? « Mahila Khabar
२६ भाद्र २०८३, शुक्रबार

भाइरल भिडिओले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?



काठमाडौं । बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपी बताइएका नाबालकको एउटा भिडियो सामाजिक सञ्जालमा लिक भएपछि तरंग उब्जिएको छ । उक्त भिडियोमा आरोपीसँग प्रहरीको उपस्थितिमा घटनाबारे सोधपुछ भइरहेको देखिन्छ ।

हातमा हत्कडी लगाइएका बालकले निर्धक्कसँग आरोप स्वीकार गरेका छन् । तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप एक व्यक्ति संलग्न रहेको उनले बताएका छन् । सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो सबै भएको उनको दाबी छ ।

उच्च प्रहरी स्रोतका अनुसार सार्वजनिक भएको भिडिओ फेक होइन । आरोपी किशोरलाई पक्राउपछि मेडिकल चेकअपका लागि कलैया अस्पताल लगिएको थियो । अस्पतालभित्र डाक्टर नभएको बेला आरोपी किशोरसँग अनौपचारिकरुपमा कसैले सोधपुछ गरेर भिडिओ बनाइएको स्रोतले बतायो ।

सोधपुछ गर्ने व्यक्तिको अनुहार देखिएको छैन । उनी प्रहरी नभएको स्रोतको दाबी छ । प्रहरीका अनुसार उनी अस्पतालकै स्वास्थ्यकर्मी हुन् र बालकको मानसिक अवस्था जाँच्न सोधपुछ गरेका थिए । भिडिओमा प्रहरीहरू देखिएका छन् । बन्दुक बोकेका प्रहरी र एक सिभिल ड्रेस लगाएका व्यक्तिले मोबाइलबाट भिडिओ खिचेको देखिएको छ ।

भिडिओको सुरुमै सोफामा बसेका प्रहरीले गर्मी लागेको भन्दै एसी चलाउन आग्रह गर्छन् । तर आरोपी बालकले हाँस्दै आफूलाई जाडो लागिरहेको बताउँछन् । त्यसपछि अनुहार नदेखिएका व्यक्तिले घटनाबारे सबै विवरण सुनाएमा खाना खुवाउने आश्वासन दिएका छन् । प्रहरीले पनि लगेर खाना खुवाउने बताउँछन् । त्यसपछि आरोपी बालक घटनाबारे ढुक्कसँग बोल्न थाल्छन् । उनको अनुहारमा न अपराधबोध देखिन्छ, न सम्भावित सजायको त्रास ।

बालकले सुरुमै आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको बताउँछन् । सिमरा बस्ने प्रदीपलाई आफूले गाडीमा लिएर आएको र उसकै योजनाअनुसार बालिकालाई चकलेट दिएर लगेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘बच्चाहरू खेलिराख्या थिए । त्यो प्रदीप पनि त्यहीँ थियो । तिनीहरूले हेरिराथ्यो । म चकलेट किनेर आएँ अनि चकलेटको लालच दिएर एउटा घरमा लिएर गएँ त्यसलाई । त्यो घर कसको हो थाहा छैन ।’

बालिकासँग दुवैजनाले पालैपालो आपराधिक हर्कत गरेको आरोपी किशोरले सुनाएका छन् । बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ । आफूले बालिकालाई त्यही घरमा रहेको डोरीले बाँधेर तन्नामा बेरेको अनि ढोकामा चुकुल लगाएर हिँडेको उनले बताएका छन् ।

भिडिओ सामाजिक सञ्जालमा आएपछि प्रहरीभित्र पनि आन्तरिक खोजीनिती सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले यसमा चासो दिएको र भिडिओमा देखिएका प्रहरीमाथि चाँडै एक्सन लिन सक्ने स्रोतले बताएको छ ।

प्रहरीले अहिलेसम्म यो घटनामा प्रदीप खड्का नाम लिएको थिएन । पक्राउ पर्ने दोस्रो व्यक्ति प्रोग्रेस चौधरी हुन् । आरोपी बालकले नाम लिएका प्रदीपबारे व्यापक चासो उत्पन्न भएको छ । -Nepalpress

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : २८ बजे

भोटेकोशी बाढीको प्रतिकार्यमा ढिलाइबारे निष्पक्ष समीक्षा गर्न सरकारलाई निगरानी समितिको सुझाव

काठमाडौं । जवाफदेहिता निगरानी समितिले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा

संक्रमणकालीन न्यायमा पीडितको अधिकार सुनिश्चित गर्न सरकारसँग द्वन्द्वपीडित समाजको माग

काठमाडौं । न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल (CVSJ-Nepal) ले संक्रमणकालीन

किशोरीमा यौन शिक्षाको अभाव, अपराधजन्य घटनामा संलग्नता बढ्दै

काठमाडौं । नेपालमा किशाोर–किशोरीबीच यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त परामर्श

भाइरल भिडिओले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?

काठमाडौं । बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपी बताइएका नाबालकको

ढुक्कु हुनुस्, सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले