जलवायु प्रभावबारे खोजमूलक र डिजिटल पत्रकारितामा महिला पत्रकारलाई सशक्त बनाउँदै ६ दिने कार्यशाला « Mahila Khabar
२६ भाद्र २०८३, शुक्रबार

जलवायु प्रभावबारे खोजमूलक र डिजिटल पत्रकारितामा महिला पत्रकारलाई सशक्त बनाउँदै ६ दिने कार्यशाला



पोखरा। गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका प्रभावबारे खोजमूलक तथा डिजिटल पत्रकारितामा सशक्त बनाउने उद्देश्यले ६ दिने प्रदेशस्तरीय ‘व्यावहारिक पत्रकारिता सीप’ (Practical Journalism Skills) कार्यशाला सञ्चालन भइरहेको छ।

सञ्चारिका समूह नेपालको आयोजनामा साउन २९ देखि भदौ ३ गतेसम्म (अगस्ट १४–१९) तीन–तीन दिनका दुई समूहमा कार्यशाला सञ्चालन भइरहेको हो। कार्यशालामा महिला पत्रकारलाई प्रविधिमैत्री, तथ्यमा आधारित तथा खोजमूलक समाचार लेखनमा दक्ष बनाउने उद्देश्यले विभिन्न व्यावहारिक सत्र सञ्चालन भइरहेका छन्।

कार्यशालामा लैङ्गिक संवेदनशील जलवायु रिपोर्टिङ, समावेशी पत्रकारिता, खोजमूलक अनुसन्धान, डिजिटल प्रविधि, तथ्य जाँच (फ्याक्ट–चेकिङ) तथा पत्रकारिताको आचारसंहितालगायत विषयमा प्रशिक्षण दिइएको छ।

पहिलो दिन पत्रकार कमला पन्थीले समाजमा पत्रकारको भूमिका र प्रभावकारी समाचार निर्माणका आधारबारे सहजीकरण गरेकी थिइन्। दोस्रो दिन राजु थापा, कमला पन्थी र अनिशा गौतमले जलवायु परिवर्तनका स्थानीय प्रभाव तथा तथ्य जाँचसम्बन्धी व्यावहारिक अभ्यास गराएका थिए।

त्यस्तै, तेस्रो दिन वरिष्ठ पत्रकार मोहन मैनालीले खोजमूलक पत्रकारिताका नयाँ आयाम तथा जलवायु न्यायका विषयमा सहभागीलाई प्रशिक्षण दिएका छन्।

दोस्रो समूहअन्तर्गत चौथो दिन डिजिटल मिडिया, मोबाइल पत्रकारिता (MoJo) तथा डिजिटल फ्याक्ट–चेकिङ विषयमा विकास कार्कीले सहजीकरण गरेका छन्।

कार्यशालाको बाँकी अवधिमा लैङ्गिक संवेदनशील डिजिटल रिपोर्टिङ, पोडकास्ट निर्माण, पत्रकारिताको आचारसंहिता, सहभागीहरूको प्रस्तुति तथा आगामी कार्ययोजना निर्माणलगायतका सत्र सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ९ : २५ बजे

भोटेकोशी बाढीको प्रतिकार्यमा ढिलाइबारे निष्पक्ष समीक्षा गर्न सरकारलाई निगरानी समितिको सुझाव

काठमाडौं । जवाफदेहिता निगरानी समितिले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा

संक्रमणकालीन न्यायमा पीडितको अधिकार सुनिश्चित गर्न सरकारसँग द्वन्द्वपीडित समाजको माग

काठमाडौं । न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल (CVSJ-Nepal) ले संक्रमणकालीन

किशोरीमा यौन शिक्षाको अभाव, अपराधजन्य घटनामा संलग्नता बढ्दै

काठमाडौं । नेपालमा किशाोर–किशोरीबीच यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त परामर्श

भाइरल भिडिओले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?

काठमाडौं । बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपी बताइएका नाबालकको

ढुक्कु हुनुस्, सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले