रोल्पाको सुनछहरी पहिरो : एक जनाको मृत्यु, ३ जना बेपत्ता « Mahila Khabar
२६ भाद्र २०८३, शुक्रबार

रोल्पाको सुनछहरी पहिरो : एक जनाको मृत्यु, ३ जना बेपत्ता



रोल्पाकाे सुनछहरी गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

सुनछहरी गाँउपालिका-२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा रहेकी ६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त घरमा अन्दाजी ७० वर्षका वीरबहादुर घर्तीमगर, उनकी श्रीमती अन्दाजी ६५ वर्षीय शनी घर्तीमगर र लली घर्तीमगर बसेका थिए । ललीको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै सुनछहरी-२ कै गिट्ठेमा बस्ने अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पनि पहिरोले परेको छ । पहिरोले पुरिएर उनी पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए ।

बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि रोल्पाकै थबाङमा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो । त्यहाँ पनि तीन जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ११ : ५९ बजे

भोटेकोशी बाढीको प्रतिकार्यमा ढिलाइबारे निष्पक्ष समीक्षा गर्न सरकारलाई निगरानी समितिको सुझाव

काठमाडौं । जवाफदेहिता निगरानी समितिले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा

संक्रमणकालीन न्यायमा पीडितको अधिकार सुनिश्चित गर्न सरकारसँग द्वन्द्वपीडित समाजको माग

काठमाडौं । न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल (CVSJ-Nepal) ले संक्रमणकालीन

किशोरीमा यौन शिक्षाको अभाव, अपराधजन्य घटनामा संलग्नता बढ्दै

काठमाडौं । नेपालमा किशाोर–किशोरीबीच यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त परामर्श

भाइरल भिडिओले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?

काठमाडौं । बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपी बताइएका नाबालकको

ढुक्कु हुनुस्, सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले