१७ दिनपछि खुल्यो कृष्णभीरको सडक « Mahila Khabar
१० कार्तिक २०८३, सोमबार

१७ दिनपछि खुल्यो कृष्णभीरको सडक



अविरल वर्षासँगै भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढी र पहिरोका कारण भासिएको पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड १७ दिनपछि आजदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

सडक पूर्ण रूपमा भासिएपछि ठप्प बनेको संघीय राजधानीको मुख्य प्रवेशद्वार सडक डिभिजन कार्यालय भरतपुर, निर्माण व्यवसायी, स्थानीय प्रशासन र प्राविधिक टोलीको निरन्तर प्रयासपछि पुनः सञ्चालनमा ल्याइएको हो।

भासिएको मूल सडकको कुनापट्टिबाट नयाँ ट्र्याक खोलेर आवश्यक स्तरोन्नति गरेपछि आज बिहानदेखि दुवैतर्फका सवारीसाधन आउजाउ गर्न दिइएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जोखिम कम गर्न र काठमाडौं जोड्ने मुख्य ‘लाइफलाइन’ सुचारु राख्न रातदिन उपकरण र जनशक्ति परिचालन गरिएको थियो। दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउन रिटेनिङ वाल उठाउने र नाला व्यवस्थापनको काम भने निरन्तर जारी रहनेछ।

लामो समयपछि सडक खण्ड खुलेका कारण बिहानैदेखि काठमाडौं भित्रिने र उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप देखिएको छ। १७ दिनसम्म नागढुंगा–मुग्लिन सडक खण्ड ठप्प हुँदा उपत्यकामा खाद्यान्न, इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा असर परेको थियो भने यात्रुले सास्ती खेप्नुपरेको थियो।

सडक दुईतर्फी खुलेसँगै यात्रुहरूले ठूलो राहत महसुस गरेका छन् भने उपत्यकामा उपभोग्य वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ११ : २४ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको