मुग्लिन-नारायणघाट सडकमा दुइटा बस र एउटा ट्रक एकआपसमा ठोक्कियो « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

मुग्लिन-नारायणघाट सडकमा दुइटा बस र एउटा ट्रक एकआपसमा ठोक्कियो



मुग्लिन-नारायणघाट सडक खण्डमा दुइटा बस एउटा ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरेमा काठमाडौंबाट दाङ जाँदै गरेको र सर्लाहीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंतर्फ आउँदै गरेको ट्रकसँग ठोक्किएको हो।

आइतबार बिहान साढे ७ बजे दुइटा बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा परी दुइटा बसमा सवार ३० जना घाइते भएको  र उनीहरूलाई उपचारका लागि भरतपुर लगिएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।

दुर्घटनाको खबरपछि विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्रको सहायक प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली खटिएको उनले बताए।

दुवै बस र ट्रक घटनास्थलमै रहँदा र सडक दुइतर्फी अवरूद्ध भएको डिएसपी थापाले जानकारी दिएका छन्।

अहिले बाटो दुइतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ११ : ३६ बजे

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री

माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, कानुन सुधारमा जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा

यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी क्षेत्रीय अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचको अवस्थाबारे गरिएको