डाक्टर र नर्ससहित २३ जनालाई सोधियो १५ दिने स्पष्टीकरण « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

डाक्टर र नर्ससहित २३ जनालाई सोधियो १५ दिने स्पष्टीकरण



लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयले बिहीबार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनहरुको नामावली सार्वजनिक गर्दै उनीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनेको हो ।

उनीहरुले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएको सूचनामा उल्लेख छ । त्यसैले सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्इ सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने ? भनेर स्पष्टीकरण सोधिएको छ ।

‘विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा लेखिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ११ : ३८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री