एसिसी महिला यु १९ प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

एसिसी महिला यु १९ प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित



कप्तान सोनी पाख्रिनको उत्कृष्ट अल राउन्ड प्रदर्शनमा नेपालले आज हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको छ ।

लगातार तेस्रो जितसँगै समूह ुडीु विजेताका रुपमा नेपाल मलेसियामा जारी एसिसी महिला यु १९ प्रिमियर कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

जितको लागि २ सय १२ रनको विशाल लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३९ रनमा समेटियो। वोङ‌ विङले १३ रन जोडिन्। यसबाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।

बलिङमा सोनीले ४ ओभरमा ४ रन मात्र दिएर ४ विकेट लिइन्।‌ मनिषा उपाध्यायले २, कृष्मा गुरुङ र स्नेहा महराले समान विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि हङकङले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको नेपालले सोनी र सावित्री धामीको उत्कृष्ट ब्याटिङमा २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ११ रन बनायो।

ओपनर साना प्रवीण ४ रनमा आउट हुँदा नेपालले ६ रन मात्र बनाएको थियो। तर यसपछि दोस्रो विकेटका लागि सावित्री धामी र सोनीले १ सय ३६ रनको सानदार साझेदारी गर्दै नेपालको इनिङसलाई ठुलो योगफलतर्फ डोर्याए।

सावित्रीले ३६ बलमा ६ चौकासहित ५२ रन जोडिन्। उनको यो लगातार तेस्रो अर्धशतक हो। यसअघि कतार र सिंगापुरविरूद्ध पनि उनले अर्धशतक बनाएकी थिइन्।

क्रिजमा टिकेकी सोनीले ९० रनको प्रभावशाली प्रदर्शन गरिन्। उनले ६० बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरिन्। उनले चौका र छक्काबाट मात्र ५८ रन जोडिन्। शतक नजिक पुगेकी सोनी आर्जु फतिमाको बलमा आउट भइन्।

अलिसा कुमारी यादव अविजित २३ रनमा रहिन्। उनले १२ बल खेल्दै ३ चौका प्रहार गरिन्।बलिङमा निम्ब्रा अरबले २, आर्जु फतिमा र वोङ‌ विङले १र१ विकेट लिए।

नेपाल यसअघि पहिलो खेलमा कतारलाई १ सय ५ र दोस्रो खेलमा सिंगापुरलाई १ सय ५१ रनले हराएको थियो।-Hamrokhelkud

 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ०५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री