शंकास्पद गाडीको विषय संसदमा प्रवेश गरेपछि ज्वाला संग्रौलाको विरोध « Mahila Khabar
१२ कार्तिक २०८३, बुधबार

शंकास्पद गाडीको विषय संसदमा प्रवेश गरेपछि ज्वाला संग्रौलाको विरोध



सत्तारुढ दल रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला)ले नियमापत्ति जनाएकी छन् । एमाले सांसद गणेश ठगुन्नाले सोमबार शंकास्पद गाडीहरूले मिडिया तथा सार्वजनिकस्थलमा आवतजावतमा अवरोध गरेको विषय उठाएका थिए ।

उनले हेर्दा यो सांकेतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको झझल्को जस्तै महसुस भएको बताएका थिए ।

त्यसको विरोध गर्दै रास्वपा सांसद ज्वालाले भनिन्, ‘सिंगो राज्यको अपमान हुनेगरी नियम २१ को ‘घ’मा राज्यले परिचालन गरेको भन्ने शब्दप्रति घोर आपत्ति जनाउन चाहान्छु र नियमापत्ति पनि जनाउन चाहान्छु ।’

सांसद ज्वालाले सांसद ठगुन्नालाई भ्रममा पर्दा च्यातेर बाहिर निस्कन आग्रह गरिन् । ‘एउटा व्यक्तिले गरेको क्रियाकलापबाट सिंगो राज्यलाई मुछ्न पाइदैन । सिंगो राज्यले यदी परिचालन गरेको हो भने प्रमाण दिनुपर्‍याे । राज्य संवेदनशील छ र संदिग्धलाई अनुसन्धानको दायरामा ल्याउछु भनिसकेको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : ५८ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको