इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड



नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् ।

इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन् ।

यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ मा १३ घण्टा ४० मिनेट ३४ सेकेन्डमा लक्ष्य पूरा गर्दै रेकर्ड राखेकी थिइन् ।

प्रतियोगिताको सुरुआती चरणमा सुनमायाले अष्ट्रेलियाकी धाविका लुसी बार्थोलोम्यूसँगै प्रतिस्पर्धा गरेकी थिइन् । तर दौडको निर्णायक चरणमा उनले गति बढाउँदै अग्रता बनाइन् र अन्तिम खण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरिन् ।

प्रतियोगिता आयोजकले सामाजिक सञ्जालमार्फत सुनमायालाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ को ‘नयाँ क्विन’ घोषणा गरेको छ । साथै उनको सन्तुलित र रणनीतिक दौडको प्रशंसा गरेको छ ।

आयोजकले सुनमायाले कोर्टिना द आम्पेज्जोमा इतिहास रच्दै १३ वर्ष पुरानो कोर्स रेकर्ड तोडेको उल्लेख गरेको छ ।

सुनमाया बुढा जुम्ला जिल्लाको पातारासी गाउँपालिकाकी हुन् । यो सफलतासँगै अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनिङमा नेपालको प्रतिष्ठा थप उँचो बनाएको भन्दै उनले प्रशंसा पाइरहेकी छन् । -Onlinekhabar 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ११ : १९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री