दृष्टीविहीनहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।
सरकारका विभिन्न निकायहरुले सडक पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरुले मंगलबार धर्ना दिएका हुन् ।
सडक पेटी केन्द्रित स्वरोजगारमुलक दृष्टिविहीन व्यवसायीहरुको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो ।
उनीहरुले राज्यका निकायहरुले जबरजस्ती उठाउन खोजेको आरोप लगाएका छन् । घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्य क्षेत्र बनाउनु आफूहरुको रहन नभइ बाध्यता भएको बताउँदै उनीहरुले विकल्पको माग गरेका हुन् । -Onlinekhabar






प्रतिक्रिया