श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउन अध्यागमनको अनुरोध « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउन अध्यागमनको अनुरोध



अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ ।

विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।

आवेदन मात्रै दिएर स्वीकृति नहुँदै विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउनु अनुरोध गरेको हो ।

आफ्नो ‘श्रम स्वीकृति भइसकेको छ’ भन्ने तर श्रम स्वीकृतिका लागि अन्य व्यक्ति मार्फत निवेदन मात्र गरेको हुने र उक्त विषयमा श्रमिकलाई जानकारी नहुने गरेको विभागले जनाएको छ ।

श्रमिकको भिसामा विदेश यात्रा गर्ने नेपालीले श्रम स्वीकृति भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।

श्रम अनुमति आवेदन मात्र भएको तर स्वीकृति नभएको अवस्थामा श्रमिक भिसामा अध्यागमनबाट प्रस्थान अनुमति दिन नसकिने समेत अध्यागमनले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ११ : ४२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री