सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल निर्वाचित « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल निर्वाचित



सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् ।

पोखरामा सोमबार भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म चयत गरेको हो । समितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित भएकी छिन् ।

समितिको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक हुमबहादुर तमुले जानकारी दिए ।

सोमबार भएको अधिवेशनको उद्घाटनपछि राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन् । महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिक समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बशन्ती बास्तोलालगायतले महिला पत्रकारसँगै समग्र महिलाहरुको हक हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ५ : ३१ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री