अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा: प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा: प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल



अमेरिकाको न्युयोर्कमा १० मार्च २०२६ मा आयोजित कमिसन अन स्टाटस अफ वुमे को ७०औँ सत्र अन्तर्गत नेपालको महिला तथा बालिकाको न्यायमा पहुँच तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका अधिकार संरक्षणका लागि नेपालमा धेरै कानुनी व्यवस्था गरिए पनि ती व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझै आवश्यक रहेको बताइन्।

उनले कार्यान्वयनका क्रममा विशेषगरी अपाङ्गता भएका तथा सीमान्तकृत महिला र बालिकाको अधिकार र पहुँचमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

बियन्ड बेइजिङ कमिटीका अध्यक्ष कृष्णा वाइबाको अध्यक्षतामा आयोजित प्यानल छलफल कार्यक्रममा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक एवं अधिवक्ता सबिन श्रेष्ठले संस्थाले प्रजनन स्वास्थ्य अधिकार तथा अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँच बढाउन कानुनी सहायता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

उनले न्यायमा समान पहुँच सुनिश्चित गर्न अपाङ्गता–मैत्री र पहुँचयुक्त न्यायिक निर्देशिकाको आवश्यकता रहेको पनि औँल्याए।

कार्यक्रमको सञ्चालन मच्छे गुरुङले गरेका थिए। सो अवसरमा अधिवक्ता रुतु थापाले आदिवासी महिलाको न्यायमा पहुँचका विषयमा प्रकाश पारेकी थिइन् भने पवित्रा सुनारले ‘कल फर एक्सन’ प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राधिका आर्याल, सह–सचिव आभा श्रेष्ठ तथा न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसंघीय मिसनका द्वितीय सचिव सुनिता लाकान्द्री लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ४७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री