सिरहा-३ मा जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सिरहा-३ मा जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ



सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रहेका अशेश्वर यादव पक्राउ परेका छन्।

निर्वाचन मौनअवधिका बेला उनलाई मध्यरातमा प्रहरीले नगदसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरीका कार्यालय सिरहाका डिएसपी रमेश पालका अनुसार गएराति साढे १२ बजे जसपा नेपालका उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्नेमा यादवसहित विष्णुपुर गाउँपालिका-५ कै श्यामकुमार यादव, रामप्रवेश यादव, वीरेन्द्रकुमार यादवर चालक जितेन्द्रकुमार महतो छन्।

नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३० बजे सिरहाको शिवचोकमा संयुक्त चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो ।

चेकजाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डिएसपी पालले जानकारी दिए।

प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज पठाउने तयारी भइरहेको डिएसपी पालले जानकारी दिए।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले आचारसंहिता उलंघन गरेमा निर्वाचन आयोग ऐन,२०७३ को दफा २३ बमोजिम १ लाख रुपैयाँ सम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सकिनेछ।-setopati

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : ५२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री