नेपालसहित १० टोली सहभागी प्रतियोगिता अन्तर्गतका खेलहरु पुस ३० देखि माघ १८ गतेसम्म मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।
यसअघि पुस ३० र माघ २ मा वार्म अप म्याचहरु हुनेछन् । यसैबीच, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।
क्यानले आज आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला टोलीलाई यसअघि विपक्षीका रुपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन् । पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । पाठकसँग क्यानले हाल दुई वर्षका लागि सम्झौता गरेको जनरल म्यानेजर विनोद दासले जानकारी दिए ।
क्यानले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।






प्रतिक्रिया