महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक



नेपालमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् ।यस्तै, समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालले माघ ४ मा थाइल्यान्डसँग खेल्दै ग्लोबल छनोटको यात्रा सुरु गर्ने छ । नेपाल पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।प्रतियोगितामा दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुगनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोली सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालसहित १० टोली सहभागी प्रतियोगिता अन्तर्गतका खेलहरु पुस ३० देखि माघ १८ गतेसम्म मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

यसअघि पुस ३० र माघ २ मा वार्म अप म्याचहरु हुनेछन् । यसैबीच, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।

क्यानले आज आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला टोलीलाई यसअघि विपक्षीका रुपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन् । पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । पाठकसँग क्यानले हाल दुई वर्षका लागि सम्झौता गरेको जनरल म्यानेजर विनोद दासले जानकारी दिए ।

क्यानले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ८ : ०६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री