इस्ट बंगालसँग लिगको अन्तिम खेल खेल्दै एपीएफ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

इस्ट बंगालसँग लिगको अन्तिम खेल खेल्दै एपीएफ



काठमाडौं ।  साफ महिला क्लब च्याम्पियनसिपमा  नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले आज लिगको अन्तिम खेल खेल्दैछन्।

यी दिईबीच नै शनिबार फाइनल खेल्ने पक्का भइसकेको छ। राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई टोलीले फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

लिगको अन्तिम खेलमा दुबैले एकअर्कासँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे खेल्नेछन।

दुबै टोली प्रतियोगितामा अपराजित छन्। पछिल्ला तीन खेलमा एपिएफले सात अंक जोड्दा इस्ट बङ्गालले शतप्रतिशत जित हासिल गरेको छ।

बङ्गालले प्रतियोगितामा सर्वाधिक १३ गोल गरेको छ। एपिएफले पछिल्ला दुई खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको छ। पहिलो खेलमा नासरिनको चुनौती ४–० ले पन्छाएको एपिएफले त्यसपछि एक गोल गर्न सक्यो।

नासरिनको पोस्टमा पाँच गोल गरेकी स्ट्राइकर अजिला इक्वापुट बङ्गालकी हतियार हुन्। एपिएफको रक्षापङ्क्ति उनको विशेषताप्रति सजग रहन आवश्यक छ।

एपिएफकी स्ट्राइकर रश्मिकुमारी घिसिङलाई फाइनलअघि गोल स्कोरिङ लयलाई कायम राख्ने चुनौती हुनेछ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : ०९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री