पुरानै आपूर्तिकर्तासँग थप ७ लाख राहदानी खरिदको सम्झौता « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

पुरानै आपूर्तिकर्तासँग थप ७ लाख राहदानी खरिदको सम्झौता



काठमाडौँ । राहदानी अभावको समस्या समाधान गर्न राहदानी विभागले पुरानै आपूर्तिकर्तासँग थप ७ लाख प्रति राहदानी खरिद गर्ने भएको छ । विभागले फ्रान्सेली कम्पनी आइडेमियासँग थप राहदानी खरिद गर्न सम्झौता गरेको हो ।

भण्डार रित्तिँदै गएपछि विभागले राहदानी वितरणमा दुई तिहाइले कटौती गरेको थियो । विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशी नियोगबाट दिनमा ५–६ हजार प्रति राहदानी वितरण हुँदै आएकामा पछिल्लो समय त्यसलाई झारेर २ हजारभन्दा कम संख्यामा सीमित गरिएको छ । एक साताभित्र वितरण सामान्य अवस्थामा फर्किने विभागका महानिर्देशक तीर्थराज अर्यालले दाबी गरे । ‘नयाँ खरिद सम्झौताअनुसार तीन साताभित्रै आपूर्ति सुरु हुनेछ,’ उनले भने ।

विभागसँग अहिले ८१ हजार प्रति साधारण राहदानी मौज्दात छ । पहिला आपूर्ति भएकामध्ये बिग्रेको पाइएका ५५ हजार राहदानीको सट्टा नयाँ राहदानी आपूर्तिकर्ताले पठाउने भएको छ । दुवै गरेर विभागसँग १ लाख ३६ हजार राहदानी हुनेछ । यसले एक महिनाभन्दा बढीलाई धान्ने महानिर्देशक अर्यालले बताए । नयाँ खरिद सम्झौताअनुसारको राहदानी आपूर्ति सुरु हुने भएकाले अब समस्या नहुने उनले जानकारी दिए । विभागले राहदानी वितरणमा कटौती गरेर दैनिक एक हजारमा सीमित गरेकामा आइतबारबाट उक्त कोटा बढाउँदै लगिने महानिर्देशक अर्यालले बताए ।

५ वर्षलाई पुग्ने गरी ६४ लाख विद्युतीय राहदानीको खाली पुस्तिका खरिदका लागि विभागले १३ मंसिर २०८१ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राहदानी पूर्वदर्ता, तथ्यांक व्यवस्थापन एवं वितरणसहितको राहदानी प्रणालीलाई ‘प्याकेज १’ र वैयक्तीकरण, गुणस्तर नियन्त्रण तथा प्याकिङसहितको राहदानी पुस्तिकालाई ‘प्याकेज २’ बनाएर अलग–अलग बोलपत्र आह्वान गरिएको थियो ।

टेन्डर प्रतिस्पर्धाको प्रक्रियाबाट राहदानी आपूर्तिका लागि दुई जर्मन कम्पनी छानिएका छन् । ‘प्याकेज १’ का लागि जर्मनी कम्पनी म्युबाबाउर र ‘प्याकेज २’ मा जर्मनकै भेरिडोज छानिएका छन् । गत साउनमा भएको खरिद सम्झौताअनुसार नयाँ छनोट भएका कम्पनीले फागुन दोस्रो साताबाट मात्रै राहदानी आपूर्ति गर्न सकिने जनाएका छन् ।

यता, विभागको स्टकमा रहेको राहदानी घट्दै गएपछि समस्या देखिन थालेको थियो । हालको आपूर्तिकर्ता र नयाँ आपूर्तिकर्ताबीच ‘ह्यान्डओभर’ र ‘टेकओभर’ का कारण संक्रमणकालीन अवस्था उत्पन्न भएको विभागको भनाइ छ । हालका आपूर्तिकर्ता आइडेमियाले यस पटक ठेक्का पाएन । तर, अहिलेको अभावलाई टार्न विभाग उसैसँग थप राहदानी खरिद गर्नुपर्ने स्थितिमा पुगेको हो । आइडेमियासँग प्रति राहदानी १०.१३ अमेरिकी डलर मूल्यमा खरिद हुँदै आएको थियो । त्यही मूल्यमा थप ७ लाख खरिद गर्ने सम्झौता भएको महानिर्देशक अर्यालले बताए ।-ekantipur

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : २३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री