दोस्रो महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

दोस्रो महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित



काठमाडौं । नेपालले दोस्रो महिला कबड्डी विश्वकपमा तेस्रो जित हात पारेको छ।

बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार केन्यालाई रोमाञ्चक तरिकाले २८–२१ ले पराजित ग¥यो।

पहिलो खेलमा १३–११ स्कोरसहित नेपाल मात्र दुई अङ्कको अग्रतामा थियो । दोस्रो हाफमा नेपाले १५ स्कोर ग¥यो। यस नतिजासँगै नेपाल आफ्नो समूहमा चार खेलमा तीन जित र एक हारको स्थितिमा छ।

नेपालले पहिलो खेलमा जन्जिबारलाई ५८–१६ ले सजिलै हराएर सानदार सुरुवात गरेको थियो। नेपालले बुधबार खेलेका दुई खेलमा मिश्रित नतिजा निकाल्यो। चाइनिज ताइपेईसँग ३१–१५ ले निराश बनेको नेपालले पोल्यान्डलाई ६३–२५ ले सजिलै हराएको थियो।

महिला कबड्डी विश्वकप १३ वर्षपछि भएको हो। सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो। भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो। सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए। -thahakhabar

 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ३३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री