सिमरा विमानस्थलमा तोडफोड र हिंसाबारे प्रधानमन्त्री : यस्तो अराजकता कदापि स्वीकार्न सकिँदैन « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सिमरा विमानस्थलमा तोडफोड र हिंसाबारे प्रधानमन्त्री : यस्तो अराजकता कदापि स्वीकार्न सकिँदैन



काठमाडौं । नेकपा एमालेका नेताहरूलाई रोक्ने नाममा बाराको सिमरा विमानस्थलमा बुधबार भएको तोडफोड र हिंसात्मक गतिविधिप्रति प्रधानमन्त्री सुशीला कार्कीले कडा प्रतिक्रिया दिएकी छन्।

उनले फेसबुकमार्फत भनाइ सार्वजनिक गर्दै यस्तो अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य नसक्ने बताइन्।

प्रधानमन्त्रीले युवाहरूको असन्तुष्टि र आक्रोशलाई सरकार गम्भीर रूपमा लिएको स्पष्ट पारिन्। ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन,’ उनले भनेकी छन्।

सिमराको तनावलाई तत्काल नियन्त्रणमा लिन गृह प्रशासन र सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको उनले बताएकी छन् । कार्कीले शान्ति–सुव्यवस्था कायम गर्न, राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र आगामी निर्वाचनलाई निष्पक्ष तथा भयमुक्त बनाउन संयमका साथ काम गर्न आदेश दिइएको बताइन्।

उनले हिंसा र उत्तेजनाले समस्याको समाधान नगर्ने भन्दै सबै पक्षलाई लोकतान्त्रिक प्रक्रियामाथि विश्वास राख्न आग्रह गरिन्।

‘लोकतान्त्रिक प्रणालीमार्फत मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन सबैसँग अपिल गर्छु,’ प्रधानमन्त्रीले भनेकी छन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : ४० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री