रास्वपा नेतृ कार्कीले भनिन, “आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्” « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

रास्वपा नेतृ कार्कीले भनिन, “आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्”



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन समूहको सिकार बनिरहेकी नेतृ तोसिमा कार्कीले देश एक व्यक्तिले नबन्ने भन्दै रवि लामिछानेपक्षका नेताहरूप्रति कटाक्ष गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घमण्ड र दबाबको प्रसंग निकाल्दै केपी ओलीको उदाहरण पनि दिएकी छन्। उनले सन्तोष परियार, सुमना श्रेष्ठहरु पार्टी छोडेर निस्केको विषयमा पनि पार्टी नेतृत्वलाई दोष दिएकी छन्।

‘सबै अट्ने सबै खट्ने पार्टी बनाउने मार्गचित्र पेस हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरुको अत्याधिक दबाबको कारण संस्थापन पक्ष बाध्य बन्यो। संगठनमा पैसा पसिना समय खर्च गरेर दिन रात खटिनुभएका संगठनका साथीहरुलाई विशेष धन्यवाद त्यस दिन त्यो आवाज र साथ समर्थनको लागि,’ तर फेरी निर्णयमा न बहुमतको कदर भयो। न विधि पद्दतिमा नै चल्यो। घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि ! आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेणडालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउँदैछ।’

उनले फरक विचार राख्नेहरु मिडिया ट्रायलको सिकार बन्नु परेको भन्दै आत्मसम्मान प्रहार गर्दा नेताहरुले पार्टी छोड्ने पनि बताएकी छन्।

‘फरक विचार राख्दैमा फरक रोडम्याप ल्याउँदैमा तिमीहरुको मिडिया ट्रायलको बारम्बार सिकार हुनुपर्छ र आफ्नो अस्तित्व नै एक व्यक्तिले दया गरेर पाएको भन्ने गरी आत्मसम्मानमा प्रहार हुन्छ भने साथिहरु एक पछि अर्को निस्किन्छन् नै। कोहि बोलेर कोहि नबोलेरै,’ उनले भनेकी छन्, ‘फेरि भन्छु, एक व्यक्तिले देश बन्दैन। देश बनाउन सज्जनहरुको सहकार्य चाहिन्छ।’ -Khabarhub

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ३० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री