दृष्टिविहीन महिला विश्वकपमा नेपालले अस्ट्रेलियालाई हरायो « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

दृष्टिविहीन महिला विश्वकपमा नेपालले अस्ट्रेलियालाई हरायो



काठमाडौं । भारतमा जारी दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हराएको छ। विश्वकपमा नेपालको यो दोस्रो जित हो।पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो। दोस्रो खेलमा भने भारतसँग पराजित भएको थियो।

अस्ट्रेलियाले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि विनिता सोमाइले अविजित ५६ रन बनाउँदा मनकेशी चौधरीले अविजित ४३ र सुस्मा तामाङले २२ रन थपे।

बलिङमा अस्ट्रेलियाकी कोर्टनी लुइसले एक विकेट हात पारिन्।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन बनाए। बलिङमा नेपालकी सुनिता भुजेलले एक विकेट हात पारेकी थिइन्।

अस्ट्रेलियाका पाँच खेलाडी रन आउट भएका थिए। जितसँगै तीन खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ।

 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : २३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री