नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् ।

डा. भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनले देशमा युवा नेतृत्व खोजेकोले बेलैमा मतदाता सूचीमा नाम दर्ता गर्नु पहिलो कदम हुने उल्लेख गरेका छन् ।

उनले देश विदेशमा रहेको सबैलाई नियमअनुसार समयमै नाम दर्ता गर्न आग्रह गर्दै राजनीतिमा उही पुरानै चक्र दोहोरिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै १६ वर्ष गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

यस्तै, निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

उनले पुरानै ढर्राको निर्वाचन कानूनबाट अघि बढ्ने हो भने पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको बिहा उसैलाई नजिक नल्या’  भन्ने लोकोक्ति जस्तो हुने बताएका छन् । -Khabarhub

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ५७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री