१० महिनामा ३ सय ६ नेपाली अमेरिकाबाट निष्कासित « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

१० महिनामा ३ सय ६ नेपाली अमेरिकाबाट निष्कासित



अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो ।

यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीको खोजी र अनुसन्धानलाई कडाइका साथ तीव्रता दिएसँगै निष्कासित हुने नेपालीको संख्या वृद्धि भएको छ ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएसँगै अमेरिकाले धेरै मुलुकका नागरिकलाई घर फिर्ता पठाएको हो । निष्कासित हुनेमध्ये २ सय ६० पुरुष र ४६ महिला छन् । उनीहरूलाई आइसका प्रतिनिधिको रोहवरमा अमेरिकाबाट चार्टर विमानमार्फत भारत, कतार हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई बुझाइएको थियो ।

अमेरिकाबाट जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपालीलाई निष्कासित गरिएको तथ्याङ्कमा उल्लेख छ ।

आइसको तथ्याङ्कअनुसार पहिलो चरणमा निष्कासन हुने सूचीमा रहेका १ हजार ३ सय ६५ नेपालीमध्ये ३ सय ६ जनालाई नेपाल पठाइएको हो । तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२४ सम्म ६ वर्ष अवधिमा ३ सय ८९ नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । आइसको तथ्याङ्क अनुसार सन् २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ जनालाई निष्कासन गरिएको थियो । -Ekantipur

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ०१ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री