टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपाललाई « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपाललाई



 

काठमाडौं । नेपालले अपराजित रहेर टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।

शुक्रकार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित ग¥यो । नेपालले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको सामोआले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सो क्रममा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।

त्यसअघि नेपाली टोलीले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए ।

दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन जोडे । सुपर सिक्सका ५ वटै म्याच जितेर पहिलो स्थानमा रहँदै नेपाल विश्वकपका लागि छनोट भएको छ । नेपालसँगै यूएई र ओमान आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रुपमा हुने टी–२० विश्वकपका लागि छनोट भएका छन् ।

 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : १६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री