प्रहरीमा २५ हजार कर्मचारी आवश्यक « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

प्रहरीमा २५ हजार कर्मचारी आवश्यक



काठमाडौं । जेन जी आन्दोलनपछि विकसित घटनाक्रम र आसन्न निर्वाचनमा सुरक्षा चुनौतीलाई लिएर चासो व्यक्त भइरहेका बेला नेपाल प्रहरीले आफूसँग पर्याप्त जनशक्ति नभएको बताएको छ ।

७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङले आफू मातहत २५ हजार प्रहरी कर्मचारी आवश्यक भएको बताएका हुन् । नागरिकस्तरबाट माग भए अनुसार सुरक्षा व्यवस्था बलियो बनाउन जनशक्ति थप गर्नुपर्ने अवस्था भएको उनको भनाइ थियो ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ४ सय ६५ मध्ये ४ सय १ वटा कार्यालय सञ्चालनमा ल्याइएको छ ।

महानिरिक्षक खापुङले राज्यले प्रदान गरेको जिम्मेवारी र आधारभूत दायित्व पुरा गर्न प्रहरी संगठन प्रतिवद्ध रहेको बताए । प्रहरीको मनोवल बढाउन सांगठनिक सुदृढीकरण र आधुनिकीकरणमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : ०९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री