संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन उपसभामुख रानाको आह्वान « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

 संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन उपसभामुख रानाको आह्वान



काठमाडौँ ।  प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन सबैलाई आह्वान गरेकी छन् ।
संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै रानाले संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिको साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेकी हुन् ।
उनले भनिन्, “निर्वाचन लोकतन्त्रको आत्मा हो र यसमार्फत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित हुन्छ, निर्वाचन सम्पन्न गरी नयाँ जननिर्वाचित संस्थाको पुनःस्थापना गर्नु संविधानको कार्यान्वयनसँग जोडिएको अनिवार्य चरण हो ।”
उपसभामुख रानाले जननिर्वाचित संस्थाहरूलाई क्रियाशील र सशक्त बनाउनु संविधानको पहिलो माग भएको उल्लेख गर्दै संविधानले जनताको सार्वभौमसत्ता कार्यान्वयन गर्ने प्रमुख माध्यम जननिर्वाचित संस्था भएको स्पष्ट रूपमा निर्दिष्ट गरेको बताइन् ।
संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी रहेको रानाको.भनाइ छ ।
उपसभामुख रानाले सङ्घीयता, धर्मनिरपेक्षता, जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, कानुनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता तथा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तलगायत लोकतान्त्रिक मूल्य र मान्यता नयाँ संविधानका आधारभूत विशेषता भएको समेत उल्लेख गरेकी छन् ।
शुभकामना सन्देशमा भनिएको छ, “यी विशेषताहरूको जगमा उभिएर नेपाली समाजमा रहेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत विविध समस्याहरूको उपयुक्त समाधान गर्दै वास्तविक जनताको घरघरमा लोकतन्त्रको अनुभूति हुने गरी कार्यभार पूरा गर्न सकिएन भने जे सुकै नाम दिए पनि त्यो जनताको लोकतन्त्र बन्न सक्दैन, यसका लागि निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।”

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : २७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री