बा जस्तो “लभ यु” देखि “हेट यु” सम्म न पुग्नु है, आमा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

बा जस्तो “लभ यु” देखि “हेट यु” सम्म न पुग्नु है, आमा



उषा किरण पन्थ

आमा हेर त मेरो देश नेपाल ।
फेरि एक पटक छटपटिएको छ। आकाशमा कालो बादल मडारिएको छ, भुइँमा आफ्नै सन्तानका चिहानहरू उठिरहेका छन्। राजनीति नाममा मान्छेहरूमाथि अन्याय, अत्याचार, विभाजन र छल अब सामान्यजस्तै भइसकेको छ। यस्तो कठिन समयमा हामीलाई ‘राजनीतिज्ञ’ होइन । हामीलाई आमा चाहिएको छ। हो, आमा!
तिमी, सुशीला कार्की ।
प्रथम महिला प्रधानन्यायाधीश ।तर आज हामी तिमीलाई प्रथम महिला प्रधानमन्त्रीको रूपमा हेर्दैछौं।
हामीलाई तिमीजस्ती आमाकै आवश्यकता थियो ।
जसले न्यायको तराजु समातेकी थिइन् र आँखा खुला राखेर हेरिरहेकी थिइन्।
प्रिय आमा,
तिमी केवल महिला प्रधानन्यायाधीश थिइनौ, अब तिमी आशाको एक मात्र पात्र हौं।
यो आशा कुर्सीको लागि होइन, यो आशा हो, तिमीले आफ्ना सन्तानहरूलाई फेरि एउटै काखमा ल्याउनेछौ भनेर।
देशका चिरा परेका हृदयहरू तिम्रो मायाले थामिनेछ भनेर हो।

जब तिम्रा नानीहरू बलात्कृत हुन्छन् र त्यो पीडा संसदमा गुञ्जिन पाउँदैन,
त्यहाँ तिम्रो उपस्थितिको आवश्यकता झनै चर्को महसुस हुन्छ।
तिमी आमा बन्नुपर्छ।
त्यो आमा, जसले शोषकलाई चिन्छे र पीडकको अनुहार नहेरी न्याय दिन्छे। तिमी केवल न्यायकी आमा होइन, तिमी संवेदनाकी आमा बन्नुपर्छ।

देशलाई अब “माया गर्ने नेतृ” चाहिएको छैन,
देशलाई अब “मायालु आमा” चाहिएको छ।
आमा, सुरुमा हामीले ‘बा’ लाई धेरै माया गर्‍यौं ।र भन्यौ “I love you, बा!”
तर जब त्यो माया निराशामा फेरियो, हामी आफैले भनेका थियौं  “I hate you, बा!”
तर तिमी? तिमी कहिल्यै ‘हेट यु’ बन्नु हुँदैनौ।

किनभने आमा कहिल्यै ‘हेट’ हुने पात्र होइन।
आमा त न्याय दिने पात्र हो, सबै सन्तानलाई एउटै माया दिने पात्र हो।
यो भनी रहदा तिमीले जुन घरमा पाइलो राख्यौ  त्यस घरमा ‘सत्ता’ लुटेर खानेहरू ढुकिरहेका छन् ।त्यो घरमा तिमी हेट बन्न सक्छौ,किनभने तिमीभित्रीदा उनीहरूले आफूलाई असुरक्षित महसुस गर्लान्।
तर आमा,
तिमी आत्तिनु हुँदैन।
तिमी ती लुटिएका घरहरूको रक्षिका आमा बन्नुपर्छ।
तिमी ती लुट्न पल्केकाहरूका लागि कठोर न्याय बन्नुपर्छ।

आमा, तिमी सबै सन्तानलाई समान नजरले हेरिदिनु।
मधेशका सन्तान, पहाडका सन्तान, हिमालका सन्तान
तिम्रा ती आँखाले वर्ग, जात, धर्म, लिङ्ग, भूगोल  सबैको भेद भुलेर एउटै न्याय देख्नुपर्छ।
त्यो दिन, जब तिमी सबैलाई एउटै काखमा अटाउँछौ,
हामी फेरि भन्नेछौँ  “I love you, आमा!”
अन्त्यमा,
हामीले तिमीबाट ‘प्यारा बा’ जस्तो गल्तीको पुनरावृत्ति चाहँदैनौं।
हामी फेरि “लभ यु” बाट “हेट यु” पुग्ने यात्रा गर्न चाहँदैनौं।
त्यो यात्रा हामीले धेरैपटक गरिसक्यौं, धेरै थकित भइसकेका छौं।

हामी अब स्थायी माया चाहन्छौं।
स्थायी गास, बास, कपाससहित स्वास्थ्य, शिक्षा, रोजगारी र सुरक्षा चाहन्छौं।
हामी तिमीबाट मातृत्वको माया चाहन्छौं, न्यायको माया, देशप्रतिको निष्कलंक समर्पण चाहन्छौं।

तिमी असल आमा बन्न सक्छौ, आमा।र हामी फेरि एक पटक  सिंगो देश भएर तिम्रो काखमा सुस्ताउन सक्छौं।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ३ : ११ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री