सोमबार भएको घटनामा गृहमन्त्रालयद्वारा दुःख व्यक्त « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सोमबार भएको घटनामा गृहमन्त्रालयद्वारा दुःख व्यक्त



काठमाडौँ । गृह मन्त्रालयले जेनजी पुस्ताले सोमबार आह्वान गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र सोबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनमा विभिन्न स्वार्थ समूहबाट भएको घुसपैठका कारण थप हिंसात्मक घटना घट्न गई दुःखद् परिस्थिति सिर्जना भएको मन्त्रालयको प्रारम्भिक निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

परिस्थितीलाई स्वार्थसिद्धका लागि प्रयोग गर्ने व्यक्ति, समूहप्रति सचेत रहँदै यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउँदै शान्ति कायम राख्न मन्त्रालयले सबैमा आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ५२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री