सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण



काठमाडाँ । सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले गरेको दमनप्रति विभिन्न सातवटा देशका दूताबासले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स र दक्षिण कोरियाका नेपालस्थित दूताबासले सोमबार साँझ संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति चिन्ता प्रकट गरेका हुन् ।

‘हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं’ दूताबासहरुको संयुक्त वक्तव्यमा भनिएको छ, ‘यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

संयुक्त वक्तव्यमा सात वटा देशले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको दोहोर्‍याएका छन् ।

वक्तव्यमा अगाडि भनिएको छ, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ४६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री