अजवी पौड्याल
काठमाडौं । आर्कषक रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पु¥याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ । भिजिट भिसामा विदेश जानेहरुमाथी नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरुले नेपाली महिलालाई भारतमा लैजान थालेका छन् । दुवई, कतार, ओमान,कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले सोझा साझा महिलालाई प्रलोभन दिएर दिल्लीको होटलमा पु¥याएका थिए ।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोका प्रबक्ता नरेन्द्र कुँवरले दिल्लीका विभिन्न होटलबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको पुष्टि गरे ।
उनीहरुलाई दिल्लीको महिपालपुरको विभिन्न ४ वटा होटलहरुमा राखेर बन्धक बनाइएको थियो । केआइएन इण्डियाका निर्देशक नविन जोशीका अनुसार नेपाली महिलालाई बन्धक बनाएर एजेन्ट सम्पर्कमा नआएको सुचनापछि प्रहरी र दुतावासको सहयोगमा उद्धार सुरु गरिएको थियो ।
होटलमा बन्धक बनाइएका धेरै महिला दिल्लीमा वेखर्ची भएका थिए ।






प्रतिक्रिया