दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार



अजवी पौड्याल 

काठमाडौं ।  आर्कषक रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पु¥याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ । भिजिट भिसामा विदेश जानेहरुमाथी नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरुले नेपाली महिलालाई भारतमा लैजान थालेका छन् । दुवई, कतार, ओमान,कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले सोझा साझा महिलालाई प्रलोभन दिएर दिल्लीको होटलमा पु¥याएका थिए ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोका प्रबक्ता नरेन्द्र कुँवरले दिल्लीका विभिन्न होटलबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको पुष्टि गरे ।
उनीहरुलाई दिल्लीको महिपालपुरको विभिन्न ४ वटा होटलहरुमा राखेर बन्धक बनाइएको थियो । केआइएन इण्डियाका निर्देशक नविन जोशीका अनुसार नेपाली महिलालाई बन्धक बनाएर एजेन्ट सम्पर्कमा नआएको सुचनापछि प्रहरी र दुतावासको सहयोगमा उद्धार सुरु गरिएको थियो ।

होटलमा बन्धक बनाइएका धेरै महिला दिल्लीमा वेखर्ची भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ८ : ४७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री