भारतबाट खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

भारतबाट खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै



 काठमाडौं । भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको हो।

उनीहरु गैरकानूनी रूपमा त्यहाँ पगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको हो। उनीहरूलाई आज रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौँ ल्याइने राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिइन्।

दूतावासले समन्वय गरेर महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको थियो। त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो। अन्य ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जनालाई साउदी अरब पठाउन लागिएको थियो ।

उनीहरुलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पु¥याइएको खुलेको छ । तर, उनीहरु भिजिट भिसा तथा भारतको बाटो प्रयोग गर्ने विकल्प प्रयोग गरी त्यहाँ पुग्ने गरेका छन् । थाहाखबरमा समाचार छ

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ५९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री