कश्मीरमा भिषण वर्षापछिको बाढीमा ५६ जनाको मृत्यु « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

कश्मीरमा भिषण वर्षापछिको बाढीमा ५६ जनाको मृत्यु



काठमाडौं । भारत प्रशासित कश्मीरको एक गाउँमा भारी वर्षापछि आएको बाढीमा परि ५६ जनाको मृत्यु भएको छ ।

कश्मीरको दुर्गम पहाडी गाउँ छोसिटीमा आएको बाढीमा परि अन्य धेरै बेपत्ता भएका छन् । भारतीय विपद् व्यवस्थापनका उच्च अधिकारी मोहम्मद इर्शादका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ३ सय जना बढीको सुरक्षीत उद्दार गरिएको छ ।

भारतका विज्ञान तथा प्रविधि उपमन्त्री जितेन्द्र सिंहले सो बाढीबाट ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । भारतीय अधिकारीहरुका अनुसार छोसिटी गाउँ जम्मु–कश्मीरको किश्तवार जिल्लामा पर्ने विकट हिमाली क्षेत्र हो ।

तिर्थ यात्राका लागि परिचित सो क्षेत्रमा बाढीमा परि धेरै व्यक्ति हराएको हुन सक्ने आशंका गरिएको छ । यसअघि भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली बजार क्षेत्रमा बाढी आएको थियो । बाढीमा परि धेरै व्यक्तिहरु हराइरहेका छन् भने बजार क्षेत्र ध्वस्त भएको छ । – एपी

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : ०९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री