विपिन खोज्न इजरायल पुगे आमा र बहिनी « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

विपिन खोज्न इजरायल पुगे आमा र बहिनी



काठमाडौं । हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल पुगेका छन् । सोमबार राति उनीहरु इजरायल पुगेका हुन् ।

उनीहरुलाई स्वागत गर्न नेपालका लागि इजरायलका पूर्व राजदूत हेनान गोडार, नेपाली राजदूत धनप्रसाद पण्डित र विपिनका साथीहरु विमानस्थल पुगेका थिए ।

यसअघि पूर्व राजदूत गोडार नेपालमा हुँदा विपिनको परिवारलाई भेट्न कञ्चनपुर पुगेका थिए । त्यसबेला उनले विपिनको सकुशल उद्धारका लागि पहल गर्ने आश्वसन दिएका थिए ।

आमा पद्मा र बहिनी पुष्पा नेपालस्थित इजरायली दूतावासको पहलमा सोमबार बिहान ९ बजेको फ्लाइ दुबईको उडानमार्फत् इजरायल प्रस्थान गरेका थिए ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका हुन् ।इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : ४० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री