अस्ट्रेलियाको डार्विनमा हुने टप इन्ड टी–२० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

अस्ट्रेलियाको डार्विनमा हुने टप इन्ड टी–२० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

अस्ट्रेलियाको डार्विनमा हुने टप इन्ड टी–२० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा



यहि अगष्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी–२० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

सो प्रतियोगितामा पहिलोपटक सहभागीता जनाउन लागेको नेपाली टोलीमा कप्तान पौडलसँगै दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सन्दीप लामिछाने, कुशल भूर्तेल, कुशल मल्ल, गुलशन झा र आरिफ शेख छन् । यस्तै,भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करन केसी, रिजन ढकाल, लोकश बम र ललित राजवंशीपनि टोलीमा समावेश छन् ।

पछिल्लो पटक नियमित रुपमा राष्ट्रिय टोलीमा रहँदै आएका अनिल शाहले अस्ट्रेलिया भ्रमण गुमाउने भएका छन् भने टोलीमा स्थान बनाउन नसकेका कुशल मल्लले टोलीमा पुनरागमन गरेका हुन् ।

१० दिनसम्म चल्ने प्रतियोगितामा पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान लगायत बिबिएलका विभिन्न टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ११ : २१ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री