गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार

महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्नुपर्नेमा जोड



अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुनेमा जोड

काठमाडौं । ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम बुधबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ (सिआरआर)ले संयुक्त रुपमा आयोजना गरेको उक्त सचेतना कार्यक्रममा महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

संघीय संसदका सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार हो भन्ने कुराको सचेतना गरिएको थियो ।

अन्तर्राष्ट्रिय सन्धी, सम्झौता, सर्वोच्च अदालतको व्याख्या र अधिकारकर्मीहरुले गर्भपतनलाई अपराधका घेरामा राख्न नहुने बताइयो । महिलाको मानवअधिकारलाई सुरक्षित राख्न अपराध संहिता र सुरक्षित मातृत्व ऐनमा सुधार गर्नुपर्ने एफडब्लुएलडीका सचिव लक्ष्मी पोखरेलले बताइन् । अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुने सचिव पोखरेलले बताइन् ।

सहयात्रा वृत्तचित्रमार्फत् सहभागीलाई अहिलेको कानुनले गर्भपतनलाई अपराधिकरण गरेको दृश्य देखाइएको थियो । वर्तमान ऐनले नेपाली समाजमा पारेको प्रभावले कस्ता समस्या सिर्जना गरिएको छ भन्ने देखाइएको थियो । यसैगरी कवि पुरुषोत्तम मिश्रले एउटी आमाको प्रश्न कवितामार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारका बारेमा चर्चा गरिएको थियो ।

एफडब्लुएलीका अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भिजिविलिटी इम्प्याक्ट समूहले किशोरीहरुको चाहना, वर्तमान अवस्था र समाजले डोर्याउन खोजेको बाटोबारे गीत र नाटकमार्फत् सकारात्मक सन्देश दिइएको थियो । उनीहरुको प्रस्तुतिमा सन्देशको प्रभावकारिता देखिन्थ्यो । यसैगरी शैली थिएटरका कलाकारले एउटा परिवारमा लापर्वाहीले कस्तो दुर्घटना निम्तियाउँछ भन्ने देखाइएको थियो । एफडब्लुएलीका अध्यक्ष गिता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिआरआरका प्रभाकर श्रेष्ठले गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १२ : ३९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री