सत्तारुढ दल रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला)ले नियमापत्ति जनाएकी छन् । एमाले सांसद गणेश ठगुन्नाले सोमबार शंकास्पद गाडीहरूले मिडिया तथा सार्वजनिकस्थलमा आवतजावतमा अवरोध गरेको विषय उठाएका थिए ।
उनले हेर्दा यो सांकेतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको झझल्को जस्तै महसुस भएको बताएका थिए ।
त्यसको विरोध गर्दै रास्वपा सांसद ज्वालाले भनिन्, ‘सिंगो राज्यको अपमान हुनेगरी नियम २१ को ‘घ’मा राज्यले परिचालन गरेको भन्ने शब्दप्रति घोर आपत्ति जनाउन चाहान्छु र नियमापत्ति पनि जनाउन चाहान्छु ।’
सांसद ज्वालाले सांसद ठगुन्नालाई भ्रममा पर्दा च्यातेर बाहिर निस्कन आग्रह गरिन् । ‘एउटा व्यक्तिले गरेको क्रियाकलापबाट सिंगो राज्यलाई मुछ्न पाइदैन । सिंगो राज्यले यदी परिचालन गरेको हो भने प्रमाण दिनुपर्याे । राज्य संवेदनशील छ र संदिग्धलाई अनुसन्धानको दायरामा ल्याउछु भनिसकेको छ,’ उनले भनिन् ।






प्रतिक्रिया