पासपोर्ट खरिदमा नेपाललाई कुनै चेतावनी दिइएको छैन: जर्मन दूतावास « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

पासपोर्ट खरिदमा नेपाललाई कुनै चेतावनी दिइएको छैन: जर्मन दूतावास



जर्मनीले पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको जनाएको छ ।

नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्यहरू गलत रहेको भन्दै तीनबुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ ।

जर्मन दूतावास काठमाडौंले बुधबार जारी गरेको स्पष्टीकरणअनुसार, बर्लिनस्थित नेपाली कार्यवाहक राजदूत  लाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको हो, स्पष्टीकरण माग्दै बोलाइएको होइन।

कूटनीतिक अभ्यासमा यी दुई शब्दबीच महत्वपूर्ण भिन्नता हुने जर्मनीको भनाइ छ।

उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोधपत्र वा अन्य कुनै आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले जनाएको छ ।

यसैगरी, अदालतमा विचाराधीन मुद्दाको आधारमा कुनै सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनीसमेत नदिइएको उल्लेख छ ।

जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ । साथै, दूतावासले सिद्धान्ततः विचाराधीन अदालतका मुद्दाबारे टिप्पणी नगर्ने नीति अनुरूप यस प्रकरणमा पनि कुनै टिप्पणी नगरेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : २९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री